रुकुम पश्चिम ९, फागुन ।
नेपाल शिक्षक संघ रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले डम्बर खड्काको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्ष महिलामा प्रभा कुमारी थापा क्षेत्री, उपाध्यक्ष शंकर कुमार रावल चयन हुनुभएको छ । सचिवमा खड्क बहादुर डिसी, सचिव अर्थ डिल्ली बहादुर डाँगी, सह–सचिव यज्ञ बहादुर ओली, सहसचिव अर्थ महिलामा मञ्जु केसी, सहसचिव समावेशीमा मञ्जीत ओली, सुधिरकुमार केसी, सह सचिव महिलामा शारदा पुन चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा गणेश खड्का, आशाराम केसी, मानबहादुर ओली, कृष्णबहादुर केसी, बलवीर पुन लगायतको नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट संघीय महाधिबेशन प्रतिनिधीमा तारा चन्द, ठकेन्द्र प्रसाद आचार्य, शारदा आचार्य र खिमबहादुर खड्का चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा मानबहादुर चन्द, आशिराम ओली, दामोदर शर्मा, विमला गौतम, जयकुमारी ओली चयन हुनुभएको छ ।
अधिवेशनमा नेपाली काँग्रेस प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति प्रेमप्रकाश ओली, नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जीजंग शाह लगायतको उपस्थिति रहेको थियो ।