विद्यालय अनुगमन अभियान संचालन
64x64
२०७९ माघ २४ मंगलबार प्रेसपालिका संवाददाता
180 Views

रुकुम पश्चिम २४, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले नगरभित्रका विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान सञ्चालन गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान सुरु गरेको हो ।

नगरपालिका अन्तर्गत सामाजिक विकास शाखाका संयोजक एक्कबहादुर पाण्डेका अनुसार मुसिकोटका विद्यालयको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन, पठनपाठन, विद्यार्थीको उपस्थिति लगायत अन्य समस्याको पहिचान गर्न अनुगमन चलिरहेको छ ।

माघ ९ गते देखि सुरु गरिएको अनुगमन तथा निरीक्षण अभियानले नगरभित्रका ६५ वटा विद्यालय मध्ये हालसम्म २३ वटा विद्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकी द्यिलायको निरीक्षण तथा अनुगमन पनि जारी रहेको संयोजक पाण्डेको भनाई छ ।

मुसिकोट नगरपालिकामा ५४ वटा सामुदायिक तथा ११ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । नगरका सबै विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात अनुगमण टोलीले प्रतिवेदन रिर्पोट तयार गरेर आगामी कार्यपालिका बैठकमा पेश गर्ने बताईएको छ ।

यसबाट नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक एवं भौतिक अवस्था सुधारका लागि ठोस योजना तर्जुमा निर्माण गरिने नगरपालिकाले बताएको छ ।

वडानम्बर -७ का वडा अध्यक्ष पाण्डे संयोजक रहेको विद्यालय अनुगमन तथा निरीक्षणमा नगरपालिकाबाट ३ सदस्यीय टोली रहेको छ । त्यस्तै जिल्ला स्थित पत्रकारको पनि सहभागिता रहने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News