कुवेर ओली
रुकुम पश्चिम २१, माघ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर -२, सिम्रुतुमा रहेको सिम्रुतु क्याम्पसको चौथो साधारण सभा र स्नातकोत्तर एम.एड. कार्यक्रम संयुक्त रुपमा उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहका बीच क्याम्पसको चौथो साधारण सभा र एम.एड. कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभासदस्य महेन्द्र केसीले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले श्रम बजारमा खपत हुने व्यावहारिक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा सिम्रुतु क्याम्पसले ध्यान दिनुपर्ने बताउनुभयो ।
रुकुम पश्चिममै संन्चालित क्याम्पस मध्य उल्लेख्य बिध्यार्थी संङ्ख्या रहेकोले यसको निरन्तरता, संरक्षण, विकास र गुणस्तरता कायम राख्न प्राध्यापक र संन्चालक समितिलाइ सांसद केसीले सुझाव दिनुभयो ।
विद्यार्थीले प्रमाणपत्र प्राप्त गर्न र क्याम्पसले प्रमाणपत्र बिक्री गर्नको लागि मात्र क्याम्पस सन्चालन गर्ने प्रवृत्तीको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । त्रिभुवन विश्वविध्यालयबाट २०६९ सालमा सम्बन्धन प्राप्त गरेको सिम्रुतु क्याम्पसमा बिएड तर्फको विभिन्न विषयको पठनपाठन भइरहेको छ ।
अहिले क्याम्पसमा बिएड प्रथम, द्दित्तीय, तृत्तिय र चतुर्थ वर्षका गरी ३ सय २८ छात्र र ५ सय ३१ छात्रा गरी जम्मा ९ सय ५९ जनाले अध्ययन गरीरहेको सिम्रुतु क्याम्पसका प्रमुख सुर्यविक्रम खड्काले पेश गरेको प्रतिवेदन उल्लेख गरिएको छ । उहाँका अनुसार क्याम्पसको करिब २३ सय वर्गमिटर क्षेत्रफलमा २ वटा पक्की भवन रहेका छन् ।
जसमध्य १२ कोठे भवनको निर्माण कार्य चलिरहेको छ । आर्थिक अभावका बीच पनि उत्कृष्टता हासिल गर्दै गएको क्याम्पसमा शैक्षणिक सामाग्रीहरुको भने अभाव रहेको उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७८/०७९ मा २ करोड ७७ लाख ६५ हजार ५ सय १२ रुपैयाँ आम्दानी रहेको क्याम्पसमा १ करोड ३३ लाख ७० हजार ३ सय ९८ रुपैया खर्च भएको छ ।
बैङ्क मौजदात १ करोड ४३ लाख ९५ हजार १ सय १३ रुपैयाँ बचत रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै सिम्रुतु क्याम्पसमा त्रिभुवन विश्वविध्यालयबाट सम्बन्धन प्राप्त गरी यसै बर्षबाट स्नातकोत्तर एम.एड. पहिलो बर्षको कार्यक्रम पनि सन्चालन गरिएको छ ।
यसैगरी शुक्रबार उद्घाटन भएको साधारण सभाको बन्द सत्रले आज क्याम्पसको नया सन्चालक समिति चयन गर्ने बताइएको छ । क्यामपस संन्चालक समितिका अध्यक्ष टेक बहादुर ओलीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्ति र निर्मला बिष्ट खड्का, जिल्ला समन्वय समिति सदस्य गिता नेपाली,त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले खड्का, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ति, राष्ट्रिय भूमी आयोग रुकुम पश्चिम अध्यक्ष मिन बहादुर ओली, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरु, क्याम्पसको सेवा क्षेत्रका अविभावक लगायत पत्रकारको उपस्थिति रहेको थियो ।
क्याम्पस सन्चालक समितिका बरिष्ठ सदस्य मोहोनकिशोर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन उपप्राध्यापक चन्द्रा ओलीले गर्नुभएको थियो ।
