वडा अध्यक्ष खड्का बिद्यालयमा
64x64
२०७९ भाद्र २१ मंगलबार प्रेसपालिका संवाददाता
462 Views

भदौ २१, रुकुम पश्चिम ।
मुसिकोट नगरपालिका वडानम्बर -१३, का वडा अध्यक्ष खल बहादुर खड्का बिद्यालय अनुगमनमा लागिपर्नु भएको छ । वडा भित्र रहेका सामुदायिक बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था बुझ्न् अनुगमनमा लाग्नुभएको हो ।

वडामा संचालित सामुदायिक बिद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले शैक्षिक गुणस्तर कायम गर्न वडाका सबै बिद्यालयमा अनुगमन कार्यक्रम राखिएको अध्यक्ष खड्काले बताउनुभएको छ । अनुगमन कार्यक्रम मार्फत विद्यार्थी सङ्गै रहेर बिद्यालयको पठनपाठनका विषयमा बुझ्ने काम भैरहेको छ । त्यस्तै भवन अभाव, शौचालय तथा खानेपानी लगायत अन्य विभिन्न समस्याका बिषयमा पनि स्थलगत अनुगमनलाई केन्द्रित गरिएको उहाँको भनाइ छ ।

यसबाट वडापालिकाले वडामा रहेका सामुदायिक विद्यालयको तात्कालिक अवस्था बुझेर दीर्घकालीन समस्या समाधान तर्फ लाग्ने बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News