कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै
64x64
२०७९ भाद्र १७ शुक्रबार प्रेसपालिका संवाददाता
537 Views

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ ।परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले मंगलबारदेखि नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि रुजु गर्न समय लागेको थियो ।
आज ५ बजेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको अर्यालले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |