चाैरजहारीकाे मावि खहरेले ३४ औं बार्षिक उत्सवमा बिभिन्ना कार्यक्रम गरि मनायो
64x64
२०७९ भाद्र ०५ आइतबार प्रेसपालिका संवाददाता
374 Views

रुकुम पश्चिमा चौरजहारी नगरपालिमा वडा नम्बर ५ मा रहेको मावि खहरेले ३४ औं बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सव अवसरमा बिभिन्ना कार्यक्रम गरि आइतवार मनाएको थियो । बार्षिक उत्सवमा बिधालयले हाजिरी जवाफ प्रतियोगिता र भलिबल खेलकाे आयोजना गरि मनाएको थियो । बिद्यालयले उत्कृष्ट काम गरेको भनि शिक्षक चक्र प्रसाद शर्मा र बिद्यार्थी तृप्ता रावतलाई मम्मान गरिएको छ । त्यस्तै गरि बिद्यालयलाइ विभिन्ना समयमा सहयोग, योगदान गरेका ब्यक्तिहरुलाई पनि सम्मान गरेको त्यहा बाट यज्ञश्वर शर्माले बताउनु भएको छ । बार्षिक उत्सव कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख पुष्प बादीले उद्धाटन गरेको कार्यक्रमको अध्यक्षता भने बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष गनेश प्रसाद शर्माको रहेको थियो । कार्यक्रमा ५ नम्बर वडा अध्यक्ष खुम बहादुर खड्का, शिक्ष शाखा प्रमुख टिकाजंग ओली लागाएतको उपस्थिति रहेको थियो ।चाैरजहारीकाे मावि खहरेले ३४ औं बार्षिक उत्सवमा बिभिन्ना कार्यक्रम गरि मनायो - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News