वर्तमान शिक्षा प्रणालीनै फेरबदल गर्न जरुरी छ
64x64
२०७९ भाद्र ०३ शुक्रबार प्रेसपालिका संवाददाता
645 Views

भीमबहादुर बुढाथोकी/साधारण मावि प्रधानाध्यापक नमस्कार वर्तमान शिक्षा प्रणालीनै फेरबदल गर्न जरुरी छ । हिजोको गुरुकुल शिक्षा विशेष गरी गुरु र शिष्य विच सिद्दान्तः आध्यात्मिक चिन्तन मननमा आधारितज्ञान प्राप्तिमा मात्र सिमित थियो । मानिसका गुणगत आचरणको विकासमा गुरुको पण्डित्याइप्रवचनद्वारा नित्यकर्म,योग,ध्यान,जप आदिबाट सत्य,धर्म,न्याय आदिका बारेमा साक्षत्कार बनाईन्थ्यो । बेलायतको भ्रमणमा रहदा त्यहाँको शिक्षाबाट प्रभावित भएर जंगबहादुर राणाले दरवार हाईस्कूलमाआफना परिवार तथा सन्तानका लागि अंग्रेजी भाषाको शिक्षा लगाएत संस्कृत भाषामा शिक्षा दिनेव्यवस्था मिलाएका थिए । त्यसै गरी तत्कालिन बझाङका राजा जयपृथ्वी बहादुर सिंहले नेपालीअक्षरांक शिक्षाको शुरूवात गरी नेपाली भाषा र लिपीलाई जनजिब्रोको भाष्य सीपको विकास गराउन प्रेरित गर्यो । देवशम्सेरले पनि नेपालका ठाउँ ठाऊँमा पाठशालाहरु खोलेर ग्रामीण इलाकाको शिक्षाकोनयाँ ज्योति बाल्ने कार्यको थालनी गरे पनि शिक्षा कछुवाको गतिमा नै भयो ।
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना हुदाको समयमा २५ साक्षरता दर थियो। शिक्षालेमानिसको जन चेतनाको विकास गराउदै जाने क्रममा समाज विकासको प्राकृतिक एवं विज्ञानकोनियम संगै मानिसका ईच्छा आकाँक्षा र आवश्यकता अनुकूल फेरबदल गराउन सक्नु पर्दछ । आजकोबदलिदो समाजमा ज्ञान विज्ञान र प्रविधिको विष्फोटनबाट अन्तरास्ट्रिय क्षेत्रमा ज्ञान,विज्ञानलेल्याएको परिवर्तनले डिजिटलाईजेशनको माध्मबाट जीवनका हरेक गतिविधिहरुलाई सरल र सहज बनाउदै मानवीय सम्बन्ध,सम्पर्क र सामिप्यतालाई झनै घना बनाएको छ। यूगानुकूलको शिक्षा नीति रकार्यक्रमले मात्र देशको सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । अपसोच, पंचायती व्यवस्थाका शासकहरुको सामन्ती दर्दी चिन्तन मननहरुले समाजलाई रुघ्न मात्र बनायो । विगतको पंचायती व्यवस्था अनुकूलको वातावरणमा बनाईएको २०२८ सालको रास्ट्रिय शिक्षा पद्दतिको योजना नै आज पनि अमृतपान जस्तो बनिराखेको छ।देशमा संघियताको अभ्यासगरिरहदा पनि केन्द्रको मुख ताकेर पुरानै मक्खिएको शिक्षा प्रणाली अपनाउदै गर्दा झिनो संशोधनबाहेक केहि नयाँपन ल्याउन सकिएको छैन।देशको शिक्षा प्रणालीको विकासका पक्षहरुलाई यसरीखंडिकरण गरिएको छ।
राणाहरुको वर्वरताको वोलवालको शिक्षा
हिजो राणा शासनकालमा आफ्नो परिवारवादको विर्ताको रुपमा गुपचुप रुपमा सिकाउदै आएकोशिक्षा बाह्य दुनियामा सर्व साधारण जनताले थाह नपाउन् भन्ने कुरामा राणाहरु सतर्क थिए।जनताशिक्षित हुन गए भने आफ्नो शासन उपर धावा बोल्नका लागि जनमत तयार हुने संभावनालाई नजरअन्दाजÞ गरी लेख्ने,बोल्ने,चल्ने,देख्ने र बुझ्ने कुराहरुमा कठोर नियम तथा दण्ड जरीवानको नियमबाँध्नु र कठोर मौखिक कानूनको पालना गर्नु गराउनु वाहेक अरु केहि थिएन।चेतना शून्य दुनियामाराणाहरु विलासिताको राजकाजमा हुदा सर्व साधारण जनताको चेतना शून्य अवस्थामा रहनू नैराणाहरुको वर्वरताको पाशान यूगको अमानवीय शैली थियो । यस खालको वर्वरताको यूगमा पनिवालकृष्ण सम र देव शम्सेरहरु भने थोरै प्रजातान्त्रिक विचार धाराका थिए । देवशम्सेर प्रधान मन्त्रीभएकै बेला ग्रामीण वस्तिमा समेत पाठशालाहरुको स्थापना गरी शिक्षाको लहर सर्व साधारणकोपहूचमा पूर्याएको आरोपमा १६ दिनमै प्रधान मन्त्री पदबाट गलहत्त्याएर घोक्र्याउदै निकालिएकाथिए।
पंचायती व्यवस्थाको सामन्ती शिक्षा
नेपालमा प्रजातन्त्रको विजारोपण हुदा देखि नै नेता तथा कार्यकर्ताहरु विचको आन्तरिक टकरावतथा असमझदारीको अस्थिर राजनीतिको फाईदा उठाएर राजतन्त्रले जनताको अधिकारलाईआफ्नो मातहातमा ल्याउने कुचेस्टा गरिरह्यो । २०१५ सालको आम निर्वाचन पछि बनेकोसरकारलाई विभिन्न कारण देखाएर २०१७ साल पुष १ गते राजा महेन्द्रले सत्ता आफ्नो हातमालिन सफल रहे। नेपालको भूगोल,माटो र हावापानी सुहाउदो भनेर राजतन्त्रको छहारी वरिपरीकोमेचमा विराजमान हुनेहरुबाट राजाको स्तुतिगान गाउने,राजालाई विष्णु भगवानको अवतारमान्ने,रास्ट्रिय गानामै हरेक विहान विध्यालमा विध्यार्थीहरु राजाको प्रार्थना गर्ने,आराधना गर्नेगराउने, व्यक्तिको भक्तिगान गाउन सिकाउने शिक्षाले के गुणस्तरीय शिक्षा दिन सक्यो होला । बोलि खाने शिक्षा भयो तर गरी खाने शिक्षा दिन सकेन। हुने खानेहरुका लागि देश विदेशकोशिक्षा थियो भने हुदा खानेहरुका लागि आधारभूत शिक्षा लिन पनि धौ थियो । विध्यार्थीहरुकोनविन ज्ञान सिक्ने वातावरणमा कस्तो ठेस लाग्यो होला १ विध्यार्थीहरुको स्वप्रस्फूटितअन्तरनिर्हित प्रतिभा र क्षमता कतातिर मोडियो होला ।
राणाकालीन शिक्षा पंचायती व्यवस्था सम्म आँउदा विस्तारै मन्दविष जस्तो रूप धारण गर्नेबाटोतिर अगाडि बढयो। पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा राजा महाराजाका महिमाकाकथारूपी गाथाहरु गाउने,नैतिक शिक्षा दिने नाममा ब्राह्मण आचार्य शास्त्रीका गुणवान र निर्जीववस्तुहरुको प्राणवानका अवैज्ञानिक सन्दर्भका सिकाईहरु सिकाउने र सिकारूको मनोवललाईकम्जोर पार्ने र तर्साउने खालका पौराणिक भूत प्रेत,राक्षस आदि जस्ता दन्ते कथाहरु जति पनिसिकाईए ति सबै वास्तवमा व्यक्तिको व्यक्तित्व विकासमा मनोवैज्ञानिक रूपले विशेषण गर्दापनि अधोगति नै थिए । वास्तवमा यस खालको शिक्षाले न त व्यक्तिको ज्ञानको विकास गर्यो न तक्षमताको विकास गर्यो न त सामाजिक विकासको बाटो देखायो। अझै सम्म २०२८ सालकोशिक्षालाई गायत्री मन्त्र जस्तो गरी जपन गरिएको छ। यसरी ३० वर्ष सम्मको पंचायतीव्यवस्थाले जनतालाई अध्यारो सुरंगबाट बाहिर निस्कनै दिएन ।
लोकतन्त्र प्राप्तीको शिक्षा
शिक्षा देश विकासको महत्वपूर्ण मेरुदण्डको रुपमा चिनिन्छ। शिक्षा समाजको परिवर्तन ररूपान्तरणको बाटो हो। तर नेपालको सन्दर्भमा शिक्षा “कागलाई बेल पाक्दा हर्ष न विष्मात” भनेजस्तो भयो। नेपाली जनताको ठूलो संघर्ष,त्याग,तपस्या र रंगतको वलिदानीबाट प्राप्त भएकोलोकतन्त्रमा मानव मूल्य र मान्यताको शिक्षाको अनुभूति गर्न सकिएको छैन। व्यक्तिकोविनयशिलता,नम्रता,भद्रता,शालिंनता,जिम्मेवारीता आदिको मूल्यविहिन अवस्था छ । देशमा संघियताको संस्थागत अभ्यास हुदै गर्दा स्थानीय तहले पाएको शिक्षा व्यवस्थापनमा केन्द्रकोमुख ताक्नु पर्ने वाध्यता जस्तो अनुभूति हुदैछ । सिंह दरवारको अधिकार घर घर भनिन्छ । यद्दपिस्थानीय तहहरुले शिक्षा व्यवस्थापनको लागि २२ वटा अधिकार पाएको भनिए पनि आफैमास शक्तिकरण तथा सबलिकरण हुन सकिरहेका छैंननफ। एउटै भूगोल,माटो हावापानी वस्तु स्थितिएकै हुदा पनि स्थानीय तहमा फरक फरक शिक्षा ऐन नियमावली हुदा कतिपय कुराहरु बाझिएकाछन्। शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि आशातित परिणाम पाउन सकिएको छैन ।
अहिले सम्म संघिय शिक्षा ऐन आउन नसक्नु बडो विडम्पना हो । यसर्थ पनि देशमा आफू खुसीस्थानीय तह देखि माथि सम्म शिक्षामा अराजकताको स्थिति पैदा भएको छ।स्थानीय तहमा पनिकुनै मापदण्ड नबनाईकन शिक्षाको व्यवस्थापन गर्ने नाममा विकृति बढ़ेको छ । शिक्षामासुधार,विकास र परिवर्तनको त कुरा नै आउदैन । शिक्षा क्षेत्रमा आफना तथा पहूचवाला कामानिसहरुलाई जागिर दिलाउने कुरामा नीति विधि मिचेर भर्ती गर्ने केन्द्र नै बनाईएको छ।यसरीअसक्षम र क्षमताहिन व्यक्तिको प्रवेशले देशको शिक्षा कसरी उभो लाग्ला । देशैभरीको करा गर्दा योजनाविहिन तरीकले शिक्षा नीति र शिक्षकको व्यवस्थापन गर्दा कतिपय स्थानीय तहले शिक्षकहरुलाई तलव नै खुवाउन सकिरहेका छैंनन।आफ्नो मेहनत तथा परिश्रम गरेर पनिसमयमा तलब नपाउदा शिक्षकहरुको मनोविज्ञानमा कस्तो असर पर्न सक्ला।यो त सहजैअनुमान गर्ने विषय होइन र। एउटै विध्यालमा शिक्षण गर्ने एकथरी शिक्षकले आफÞनो खातामापैसा पाएको देख्दा अर्कों थरी शिक्षकको बैंक खाता रित्तो वा अपुग हुदा कस्तो महशुस गर्छहोला१ आखिर विध्यालयको पठन पाठनमा सुख दुःख त सबैको एकै त होला नि।यस खालको विभेदकारी नियमले के हामीले खोजेको शैक्षिक उपलब्धि सजिलै प्राप्त गर्न सकिएला त।
देशको ठूलो संख्यामा रहेका अस्थायी तथा राहत शिक्षकहरु,अनुदान। । शिक्षकहरु,बालविकासशिक्षकहरु,विध्यालय सहायक र विध्यालय सहयोगीहरु आफूलाई आफ्नो पेशामा अन्यायपरेको भन्दै उचित तलबको माग र मापदण्डको कुरा उठाई रहेका छन् । यस खालको शिक्षकको विभेदताको सवाललाई समयमै व्यवस्थापन गर्न सरकार सकिरहेको छैन । शिक्षकहरुको हकहित र पेसागत विकासमा फरक फरक नीत बनाउनु नै दूरभाग्य र त्रुटिपूर्ण हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |