सानीभेरीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण
64x64
२०७९ श्रावन २६ बिहिबार प्रेसपालिका संवाददाता
336 Views

छविलाल बिष्ट/ सानीभेरी गाउँपालिका रुकुम पश्चिमकाे ३ गोल्डाँडामा रहेको बाल कल्याण आधारभुत बिद्यालयको २ कोठे भवन बनेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट नयाँ दुई कोठे भवन निर्माण भएको हो ।
विद्यालयले नजिकैको स्थानीयको घर भाडा लिएर समेत पठन पाठन गराईहेको छ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमबाट विनियोजित ३६ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक भिमबहादुर नकालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख र फिल्ड तथा भवन निर्माणका लागि भनेर कर्णाली प्रदेशबाट आएको १५ लाख बजेटबाट अर्को नयाँ भवन निर्माण गर्न लागिएको छ । दुई वटा भवन मिलाएर ६ वटा कोठा निकाल्न लागिएको उहाँको भनाई छ । भवन निर्माण भएपछि सुरक्षित वातावरणमा पठनपाठन हुने भएको छ । विद्यालयमा भवनको अभाव छ । कक्षा कोठाको अभावमा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता समेत रहेको विद्यालयले जनाएको छ । अव नयाँ भवन निर्माण भएपछि भने कक्षा कोठाको अभाव कम हुने विद्यालयले जनाएको छ । ८ कक्षा सम्म पढाई हुने यो विद्यालयमा हाल २ सय ७४ जना विद्यार्थी अध्ययनरत छन् । एउटा विद्यालय भवन निर्माण सकिएको र अर्को भवन पनि निर्माण हुन लागेपछि विद्यार्थी, शिक्षक संगै अभिभावक पनि हर्षित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |