रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पूरा
64x64
२०८० फाल्गुण १७ बिहिबार प्रेसपालिका संवाददाता
2353 Views

रुकुम पश्चिम १७, फागुन ।

रुकुम पश्चिममा फागुन १८ गते शुक्रबारदेखि २८ गते सम्म आयोजना हुने कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पूरा भएको छ । रूकुम पश्चिमको कृषि, जडीवुटी, पर्यटन, उर्जा, संस्कृति, सांस्कृतिक वस्तुहरू आदिको प्रर्दशन तथा प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना हुन लागेको हो ।

उद्योग बाणिज्य संघ रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवद्र्धन मन्चको सह–आयोजनामा महोत्सव आयोजना हुन लागेको छ ।

 

स्थानीय सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक उद्घाटन भोली शुक्रबार दिउँसो १ बजे हुनेछ । महोत्सवमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा औद्योगिक प्रदशनि प्रतियोगिता पनि हुने भएको छ ।

 

प्रतियोगितामा जिल्लाभरका १५ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीका लागि राख्ने
छन् । त्यसका आधारमा अद्यमीहरुलाई पुरस्कृत गरिने छ । महोत्सव स्थलमा १ सय ५ वटा व्यापारीक स्टल रहनेछन ।

 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति रहने सह आयोजक कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो ।

 

त्यस्तै चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) चर्चित गायकहरू प्रमोद खरेल, प्रकाश सपुत, रामजी खाड, राजु परियार, पशुपति शर्मा, चर्चित गायिका तथा मोडल ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान आउनुहुने छ ।

 

त्यस्तै गायक तथा सर्जक किरणबाबु पुन, तिलक परियार, जय देवकोटा, कृष क्षेत्र, हिमालयन लोक आइडल बलराम विश्वकर्मा, गायिका टीका सानु, सिम्रन परियार, अस्मिता डल्लाकोटी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुतिका लागि आउने अध्यक्ष परियारले जानकारी दिनुभयो ।

त्यस्तै महोत्सवमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संयुक्त एम्बुलेन्स चालक संघले महोत्सव अवधिभर एम्बुलेन्स सेवा नि शुल्क दिने बत्ताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News