अर्जुन राइले जिते मौराखारा म्याराथनको उपाधि
64x64
२०८० फाल्गुण ०१ मंगलबार प्रेसपालिका संवाददाता
1775 Views

रुकुम पश्चिम १, फागुन ।

रुकुम पश्चिमको सानीभेरी गाँउपालिकामा आयोजित छैटौँ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको पुरुष तर्फको उपाधि  सोलुखुम्बुका धावक अर्जुन राईले  जितेका छन् ।  पुरुष तर्फको निर्धारित ४८ किलोमीटरको दुरी ४ घण्टा ४० मिनेटमा पार गर्दै राईले गुरिल्ला म्यारथनको उपाधि हात पार्नु भएको हो ।

 

त्यस्तै रुकुम पुर्वका शक्तिराम रोकाले ४ घण्टा ५३  मिनेटमा उक्त दुरी पार गर्दै दोस्रो हुनुभएको छ । ५ घण्टा ०१ मिनेटमा दुरी पार गर्दै सानीभेरी गाउँपालिका -३, का भुवन ओली तेस्रो हुनुभएको छ ।

 

पुरुष म्यारथन तर्फ प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ४५  हजार र चौथो हुनेले १५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । साथै दशौ स्थान सम्म आउने धावकहरुले ३ हजारका दरले पुरस्कार प्राप्त गरेको बताइएको छ ।

 

 

त्यस्तै महिला तर्फ निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी  राज्यलक्ष्मी रावतले महिला तर्फको उपाधि हात पार्न सफल हुनुभएको छ । सानीभेरी गाऊपालिका रुकुम पश्चिमकी शुसिला पुनले निर्धारित दुरीमा ३ घण्टा १७ मिनेटमा पार गर्दै दोस्रो हुनुभएको हो ।

३ घण्टा  २७ मिनेटमा निधारित दुरी पार गर्दै  खोटाङकी  निर्मला राई  तेस्रो हुनुभएको छ । भने  कबिता बस्याल चौथो हुनुभएको छ ।

 

महिला म्याराथन तर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार तथा चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै १०औ स्थान सम्म आउनेलाई ३ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

 

गुरिल्ला म्याराथनको पुरुष तर्फ ३५   जना धावक र महिला तर्फ १२ जना धावकको सहभागिता रहेको आयोजक सानीभेरी गाउँपालिकाले जानकारी दिएको छ ।

 

गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गदै आएको छ । सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |