रुकुम पश्चिममा महोत्सव लाग्ने
64x64
२०८० माघ २४ बुधबार प्रेसपालिका संवाददाता
216 Views

रुकुम पश्चिम २४, माघ ।
रुकुम पश्चिममा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा आगामी फागुन १८ देखि २८ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो ।

 

रूकुम पश्चमको कृषि, जडीवुटी, पर्यटन, उर्जा, संस्कृति, सांस्कृतिक वस्तुहरू आदिको प्रर्दशन तथा प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको तयारी गरिएको बाणिज्य संघले बताएको छ । अध्यक्ष पहल बहादुर खड्काले स्थानीय उत्पादनको पहिचान र पर्यटकीय सम्भावना सहित संघको संस्थागत विकासको लक्ष्य राखेर महोत्सव आयोजना गरिएको बताउनुभयो ।

 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । महोत्सव १० दिनसम्म बराहटाकुरा खेलमैदानमा संचालन हुने छ । महोत्सवको सह आयोजक कला संस्कृति पर्यटन प्रवर्द्धन मन्च रहेको छ ।

 

उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव संचालन सम्बन्धी जानकारी दिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |