चौरजहारी महोत्सवमा आज यदुमे र शक्तिको प्रस्तुति
64x64
२०८० कार्तिक १७ शुक्रबार प्रेसपालिका संवाददाता
168 Views

रुकुम पश्चिम १७, कात्तिक ।
रुकुम पश्चिमको चौरजहारीमा चलिरहेको बृहत चौरजहारी  पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा आज चर्चित हास्य कलाकार सुबोध गौतम (यदुमे) र गायक शक्ति चन्दको प्रस्तुति रहने भएको छ ।

कात्तिक १३ देखि गतेबाट सुरु भएको महोत्सवको पाचौं दिन दुई राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले बताएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक एल बि कटुवालका अनुसार दर्शकको उपस्थिति र माग अनुसार हास्य कलाकारलाई महोत्सवमा बोलाइएको छ । महोत्सवमा एदुमेको बेजोड प्रस्तुति रहने भएकाले आज दर्शकको उपस्थिति समेत बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

महोत्सवमा अन्य डान्सर ग्रुप र स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ ।

यही २४ गते सम्म चल्ने महोत्सव समापन पछि भने आयोजकले चौरजहारीमा खानेपानी र शौचालय निर्माण गर्ने बताएको छ । महोत्सवको आयोजना सहिद स्मृति कला साँस्कृतिक केन्द्र चौरजहारीले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News