चौरजहारीमा महोत्सव हुने
64x64
२०८० कार्तिक ०३ शुक्रबार प्रेसपालिका संवाददाता
781 Views

रुकुम पश्चिम ३, कात्तिक ।
रुकुम पश्चिमको चौरजहारीमा तेस्रो बृहत चौरजहारी  पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत कात्तिक १३ देखि २५ गते सम्म महोत्सव संचालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक एल बि कटुवालका अनुसार चौरजहारीको कृषि, पर्यटन तथा कला-संस्कृतिको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार, इन्द्रेणी समूह र स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ ।

त्यस्तै पालिकाका १४ वटै वडाका साँस्कृतिक झाँकी सहितका प्रस्तुति समेत महोत्सव अवधिभर प्रस्तुत गरिने भएको छ ।

महोत्सवमा झन्डै १ सय २० वटा स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सव समापन पछि भने आयोजकले चौरजहारीमा खानेपानी र शौचालय निर्माण गरिने बताएको छ । महोत्सवको आयोजना सहिद स्मृति कला साँस्कृतिक केन्द्र चौरजहारीले गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |