स्यार्पू महोत्सव हुने
64x64
२०८० भाद्र ३१ आइतबार प्रेसपालिका संवाददाता
491 Views

रुकुम पश्चिम ३१, भदौ ।
रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । असोज ११ देखि २१ गते सम्म गाउँपालिकाको वडानम्बर -३ र ५ मा पर्ने स्यार्पू तालमा महोत्सव संचालन गर्न लागिएको हो ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुकुम पश्चिमले आइतबार पत्रकार भेटघाट मार्फत स्यार्पू तालको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको बताएको छ । महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

त्यस्तै स्थानीय उत्पादनको प्रचार एवं शुद्ध वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत संचालन गरिने जानकारी दिइएको छ ।

विगत देखि नै हरेक वर्ष लाग्दै आएको स्यार्पू मेलालाई यो पटक महोत्सवको रुपमा आयोजना गरेर स्यार्पूको पहिचान र विशेषतालाई थप प्रचारप्रसार गर्न लागिएको बताइएको छ ।

वाँफिकोट गाउँपालिकाको आयोजना तथा लोकदोहोरी प्रतिष्ठानको व्यवस्थापनमा स्यार्पू महोत्सव संचालन गर्न लागिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News