कमल दह अवलोकन गर्ने पर्यटक बढ्दै
64x64
२०८० श्रावन १४ आइतबार प्रेसपालिका संवाददाता
422 Views

निराजन सिर्पाली

रुकुम पूर्व १४, साउन ।
रुकुम पूर्वमा रहेको कमल दह हेर्नका लागि  पछिल्लो समय बाह्य पर्यटकको संख्या बढ्दो अवस्थामा छ । यही कुरालाई ध्यानमा राखी  सरोकारवाला र स्थानीयकाे पहलमा कमलदह वरिपरि रहेको पाेटा घाँस हटाउने कामकाे सुरुवात गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक कमलदह अवलोकनका लागि आउने भएकाले कमलदहकाे सुन्दरता र सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, शस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय र स्थानीयकाे संयुक्त पहल तथा सहभागितामा सरसफाइ अभियानलाई तिव्र पारिएको छ ।

कमलदह संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष मदन शाहले दहमा सुन्दर तरिकाले फूलिरहेका कमललाई पाेटा घाँसले कुरुप बढाएको भन्दै सबैको सल्लाह बमोजिम उक्त घाँसलाई हटाउने काम भईरहेको बताउनुभएको छ । उहाँका अनुसार पाेटा नामक घाँसकाे जरा पानी मुनीकाे गहिरो जमिनमा गाडिएकाले पाेटा घाँस निकाल्न समय लाग्ने छ ।

यो दह आफैमा राम्रो भएकाे र दहमा फूलेको कमल फूलले दहकाे सौन्दर्यता झनै बढेर गएको आन्तरिक पर्यटक कृष्ण घर्तीकाे भनाइ छ ।

रुकुम पूर्वकाे सदरमुकाम रहेकै ठाउँमा कमल दह भएकाले दह हेर्न, टिकटक बनाउन, कमलफूलसंग तस्बिर खिच्न विभिन्न ठाउँबाट पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय दहको प्रचारप्रसार र संरक्षणका लागि स्थानीय र सरोकारवाला कमल दह सरसफाइ अभियानमा जुटेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News