पूर्वी रुकुम पर्यटन महोत्सवको आयव्यय सार्वजनिक
64x64
२०८० बैसाख १६ शनिबार प्रेसपालिका संवाददाता
382 Views

रुकुम पूर्व १६, बैशाख ।
बृहत पूर्वी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ ।मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेनिङ सेन्टर रुकुम पूर्वको आयोजनामा सम्पन्न महोत्सवको आय व्यय सार्वजनिक गरिएको हो ।

शुक्रबार बिएलबि होटेलमा पत्रकार सम्मेलन गर्दै  महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । जसअन्तर्गत आय तर्फ प्रायोजनबाट २ लाख ५० हजार, स्टलबाट ५ लाख र टिकटबाट २० लाख गरेर जम्मा २७ लाख ५० हजार आम्दानी भएको आयोजकले बताएको छ । त्यस्तै व्ययतर्फ कलाकार खर्चमा १२ लाख ५० हजार, यातायातमा १ लाख ८० हजार, टेन्ट हाउसमा ४ लाख, साउन्ड सिस्टममा ५ लाख, मिडिया क्षेत्रमा ८० हजार, स्टेसनरी खर्चमा ७० हजार र होटेल खर्चमा २ लाख गरेर जम्मा २६ लाख ८० हजार खर्च भएको बताईएको छ ।

महोत्सवको सबै खर्च कटाएर ७० हजार बचत भएको र यसैबाट रुक्मिणी माविलाई सहयोग स्वरुप ३० हजार ५ सय दिइएको छ । बाँकी रकम ३८ हजार पाँच सय संस्थाको नाममा रहने आयोजकले जानकारी दिएको छ । साथै आयोजकले सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट र व्यक्तिगत तर्फबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आभार प्रकट गरेको छ ।

धेरै आरोह तथा अवरोहका बावजुत पनि छोटो समयमा भव्य सफलताका साथ महोत्सव सम्पन्न भएको आयोजकको भनाइ छ । विशेष गरि सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय रुक्मिणी माध्यमिक बिद्यालय, व्यापारी सुरक्षाकर्मी, मिडियाकर्मी लगायतलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

२०७९ चैत ३० गते बाट २०८० बैशाख ११ गते सम्म लागेको महोत्सवमा करिव २० हजार दर्शकहरुको उपस्थित रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News