रुकुम महोत्सवको आय-व्यय सार्वजनिक
64x64
२०७९ चैत्र ०९ बिहिबार प्रेसपालिका संवाददाता
837 Views

रुकुम पश्चिम ९, चैत ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले रुकुम कृषि तथा व्यापार महोत्सवको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलन मार्फत महोत्सवमा भएको खर्च तथा आम्दानी सार्वजनिक गरेको हो ।

रुकुम कृषि तथा व्यापार महोत्सव मूल समितिका संयोजक डिल्ली परियारका अनुसार महोत्सवबाट ४५ लाख रुपैयाँ आम्दानी भएको छ । ४२ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । २ लाख २८  हजार रुपैयाँ बचत भएको छ ।

आम्दानीतर्फ महोत्सवमा  स्टलबाट १४ लाख, प्रवेश शुल्कबाट २८ लाख र अन्य ३ लाख गरि ४५ लाख आम्दानी भएको छ । खर्चतर्फ सबैभन्दा बढी कलाकारतर्फ २० लाख  खर्च भएको महोत्सव मूल समितिका संयोजक परियारले जानकारी दिनुभयो । त्यस्तै साउण्ड सिस्टम, टेन्टमा १४ लाख, होटेल खर्च ४ लाख, नगरपालिकालाई राजश्व स्वरुप २ लाख,  काँचो तथा तयारी पोसाक संघ मुसिकोटलाई १ लाख र विविध १ लाख खर्च भएको छ ।

त्यस्तै महोत्सवमा विभिन्न बिरामी तथा संघ संस्थालाई सहयोग पनि गरिएको छ । जस अनुसार जिल्ला ब्याटमिन्टन संघलाई १२ हजार, जुम्बा डान्स ग्रुपलाई ४० हजार, क्यानसर पीडित २ जनालाई १०/१० हजारका दरले २० हजार सहयोग गरि जम्मा ४२ लाख ७२ हजार रुपैया खर्च भएको  संयोजक परियारले जानकारी दिनुभयो । महोत्सवबाट आयोजकलाई २ लाख २८ हजार रुपैया फाईदा भएको बताइएको छ ।

नव प्रतिभाहरुको संरक्षण प्रर्वद्धनको लागि महोत्सवबाट फाईदा रकमले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवनमा आवश्यक संगितका सामग्री खरिद गरिने छ । साथै आयोजकले महोत्सव सफल पार्न आ-आफ्नो तहबाट सहयोग गर्नुहुने सबैलाई धन्यबाद पनि व्यक्त गरेको छ ।

`रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा  फागुन २६ गते देखि चैत ७ गते सम्म रुकुम पश्चिमको बराहटाकुरामा १२ दिन सम्म  महोत्सव संचालन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News