रुकुम पश्चिम २६, फागुन ।
रुकुम पश्चिम समृद्धिको आधार, कला सस्कृति, पर्यटन विकास र उद्योग व्यापार भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम रुकुम पश्चिममा रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको ऊद्घाटन भएको छ । चैत्र ७ गतेसम्म सन्चालन हुने महोत्सवको आज मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले पानसमा बत्ति बालेर महोत्सवको ऊद्घाटन गर्नुभएको हो ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाको अध्यक्षतामा भएको महोत्सव ऊद्घाटन समारोहमा मुसिकोट नगर प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरीक्षक नमराज भट्टराई लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा सुरु भएको महोत्सवमा एक सय व्यापारिक स्टलहरु रहेको महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।
महोत्सवमा प्रत्येक दिन लाईभ दोहोरी संगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । भोली २७ गते लोकदोहोरी गायक रामजी खाँणको प्रस्तुति रहने आयोजकले जनाएको छ ।