रुकुम साँस्कृतिक महोत्सवको तयारी पूरा
64x64
२०७९ फाल्गुण २५ बिहिबार प्रेसपालिका संवाददाता
1315 Views

रुकुम पश्चिम २५, फागुन ।
रुकुम पश्चिम समृद्धिको आधार, कला सस्कृति, पर्यटन विकास र उद्योग व्यापार भन्ने मुल नाराका साथ मुसिकोटमा आयोजित रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह-आयोजनामा महोत्सव हुन लागेको हो ।

भोली २६ गते देखि चैत्र ७ गतेसम्म सन्चालन हुने महोत्सवको सबै तयारी पुरा भैसकेको र शुक्रबार बिहान ११ बजे महोत्सवको ऊद्घाटन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

महोत्सव स्थलमा एक सय वटा व्यापारिक स्टलहरु रहने र स्टलहरु बुकिङ भईसकेको समेत संयोजक परियारले बताउनुभयो ।

महोत्सवमा प्रत्येक दिन लाईभ दोहोरी संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News