मुसिकोटमा महोत्सव हुने
64x64
२०७९ फाल्गुण ०६ शनिबार प्रेसपालिका संवाददाता
491 Views

रुकुम पश्चिम ६, फागुन ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा महोत्सव सन्चालन हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा फागुन २६ गते देखि चैत ७ गते सम्म कृषि, व्यापार तथा साँस्कृतिक महोत्सव सन्चालन हुन लागेको हो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर ११ दिन सम्म महोत्सव सन्चालन गरिने बताएको छ ।  “रुकुम पश्चिम समृदिको आधार कला संस्कृति, पर्यटन विकास र हाम्रो उद्योग” भन्ने नारा सहित महोत्सव आयोजना गरिएको संयोजक डिल्ली परियारको भनाइ छ ।

रुकुम पश्चिमको कला संस्कृति, भेषभूषा, बाजागाजा तथा लोक संस्कृतिको संरक्षण र स्थानीय कृषि प्रयटनको प्रचार- प्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको छ । महोत्सवमा एकसय बढी व्यापारीक स्टल रहने र ख्यातिप्राप्त कलाकारका विभिन्न प्रस्तुति रहने बताइएको छ ।

महोत्सवको सह-आयोजक कला साँस्कृतिक पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |