मौराखाराबाट सार्वजनिक गरियो ११ बुँदे घोषणापत्र
64x64
२०७९ माघ ०९ सोमबार प्रेसपालिका संवाददाता
343 Views

रुकुम पश्चिम ९, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँकार्यपालिकाको ११ औं बैठक ११ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ । जैविक बिबिधताले भरिपूर्ण मौराखाराको पर्यटन प्रवर्द्धन र गुरिल्ला म्याराथन २०७९ को सन्दर्भमा मौराखारामा बसेको कार्यपालिका बैठकले ११ बुँदे घोषणापत्र जारी गरेको हो ।

गाउँपालिकाका प्रवक्ता पहलसिंह घर्ती मगरका अनुसार आगामी फागुन १ गते हुने पाँचौ मौराखारा गुरिल्ला म्याराथन २०७९ को तयारी स्वरुप गाउँ कार्यपालिकाको बैठक मौरखारामा सम्पन्न भएको बताइएको छ ।

बैठकले अघिल्लो कार्यपालिकाले गरेको निर्णयको समिक्षा, गुरिल्ला म्याराथनको तयारी, बजेट माग, आवधिक योजना निर्माण, तथ्यांक पेश, हिउँदे गाउँसभाको तयारी, म्याराथनको पुरस्कार राशि तोक्ने लगायतका विविध निर्णय गरेको छ । बैठकको सो निर्णय अनुसार ११ बुँदे मौराखारा घोषणापत्र जारी गरिएको प्रवक्ता घर्ती मगरको भनाइ छ ।

मौराखारालाई पर्यापर्यटकीय र जैविक विविधताको रुपमा विकास, पर्यटन प्रवर्द्धनका लागि मौराखाराको डिपीआर तथा युद्ध पर्यटनका लागि पूर्वाधार विकास गर्ने निर्णय घोषणापत्रमा समेटिएको छ । त्यस्तै धार्मिक पर्यटन विकासका लागि मठ मन्दिरको संरचना निर्माण तथा कृषि पर्यटन विकासका लागि आवश्यक अध्य्यन अनुसन्धान समेत गरिने भएको छ ।

यसैगरी सानीभेरीको मौलिकता झल्काउने होमस्टेको विकास र प्रवर्द्धन, आगलागी नियन्त्रण तथा चोरी निकासीको निगरानी र गुरिल्ला म्याराथनको ट्रान्जिट क्षेत्रका रुपमा मौराखारालाई विकास गर्ने निर्णय बैठकले गरेको घोषणापत्रमा समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News