दह संरक्षणमा स्थानीय सरकारको बेवास्ता
64x64
२०७९ असोज २८ शुक्रबार प्रेसपालिका संवाददाता
537 Views

रुकुम पश्चिम २८, असोज ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर –७, को ठूली दह संरक्षणमा स्थानीय सरकारको ध्यान जान सकेको छैन । जिल्लाकै एक ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा परिचित ठूली दह संरक्षण तथा प्रचारप्रसारमा स्थानीय सरकारले बेवास्ता गरेको हो ।

पर्यटनको प्रचुर संभावना बोकेको यो दहमा वर्षेणी हजार्रौ पर्यटक घुम्न आउने गर्दछन् । दह वररपरको मनमोहक दृश्य, समथर फाँट, तालतलैया र पर्यावरणीय वातावरण यहाँको मुख्य विशेषता हो । तर स्थानीय सरकारको कुनै पनि गुरु योजना भित्र नपरेको ठूली दहको बेवास्ताले पर्यटकलाई खिन्न बनाउने गरेको छ । यहाँ पुग्ने जो कोहि पर्यटकले ठूलीदहको मनमोहक्तालाई देखेर बाटोघाटोको अभाव र दह संरक्षणका लागि कुनैपनि विकसित योजनाहरु नभएकोप्रति अनौठो मान्ने गरेका छन् ।

यसअघि मुसिकोट नगरपालिकाको अघिल्लो सरकारले ठूलीदह संरक्षणका लागि पाँच वर्षको अवधिमा कुनैपनि उल्लेख्य काम गरेन । हरेक वर्षको नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गर्यो । तर यसको दीर्घकालिन योजनाहरु अधुरै रहे । यसपटक भने अहिलेको मुसिकोट नगरपालिकाले ठूलीदहको संरक्षण, विकास र प्रचारप्रसाका लागि फरक खालको योजना बनाएको छ । नगरप्रमुख महेन्द्र केसीका अनुसार ठूलीदहको वातावरणीय प्रभावलाई मध्यनजर गर्दै दहसम्म पुग्ने सहज बाटो, खानेपानी, लगायत आवश्यक संरचना निमार्ण गरिने भएको छ ।

मुसिकोट नगरपालिकाले चालू वर्षमा मात्रै मुसिकोटमा रहेका पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धनका लागि लाखौं बजेट छुट्टयाएको छ । तर जैविक विविधताले भरिपूर्ण ठूली दह भने वषौंदेखि ओझेलमा पर्दै आएको छ । यसतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको मुसिकोटबासीको भनाई छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Raju Gharti
Raju Gharti
1 year ago

मैले जब पहिलो स्थानीय सरकार बन्यो तेसै बेला यो थुली दहले प्रचुर मात्रामा पर्यटकिय सम्भाबना बोकेको ठुलीदह बारेमा वडा परिषद्को स्थानिय रातो किताबमा यो क्षेत्रको सम्भाबनाहरु केही बुदाहरुमा लेखाएको थिए तर बिडम्बना सो स्थानीय सरकार र जनप्रतिनिधिले कुनै चासो दिएनन ,तेति मात्र काहा हो र हालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर समक्ष नि मैले मौखिक वा लिखित भए पनि पुर्याएकै हु तर उहाँहरुले म फरक धाराणा राख्ने भएकोले उहाँले कुनै चासो नदिएको हुन सक्छ ! तर यहाँहरुले अब के गर्न सकिन्छ अध्ययन गरि गर्न गराउन हुन सुभकामना दिन्छु!यसको अलावा मु.न.पा.७ साखमा खानेपानी र उक्च माद्यामिक बिधालयको निकै खाचो भएको भएकोले तेता तिर नि नगर ,जिल्ला,प्रदेश ,वा केन्द्रको ध्यान जावोस भनी आग्रह गर्दछु !!

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |