मतदाता नामावली अध्यावधिक सम्वन्धी अन्तक्रिया
64x64
२०७९ फाल्गुण १९ शुक्रबार प्रेसपालिका संवाददाता
434 Views

रुकुम पश्चिम १९, फागुन ।
रुकुम पश्चिममा मतदाता नामावली अध्यावधिक (दाबी बिरोध) सम्वन्धी सरोकारवालाहरु बिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय  रुकुम पश्चिमको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

आसन्न बैशाख १० गते चितवन निवार्चन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको लागि हुने उपनिवार्चनको लागि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरे अनुसार रुकुम पश्चिममा पनि फागुन २२ देखि चैत्र १ गते सम्म मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका कार्यक्रम सञ्चालन हुन लागेको जिल्ला निवार्चन अधिकृत कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

उपनिर्वाचन चितवन क्षेत्र नम्बर २ मा मात्र हुने भएता पनि निर्वाचन आयोगले सबै जिल्लाको मतदाता नामावली अद्यावधिक गराउने निर्देशन दिएको छ । जस अनुसार जिल्लाका मतदाता नामावलीलाई शुद्ध बनाउने उद्देश्यका साथ जिल्ला निवार्चन आयोग रुकुम पश्चिमले पनि यहि फागुन २२ गते देखि चैत्र १ गते सम्म जिल्लामा मतदाता नामावलिको अद्यावधिक गर्न लागेको मल्लले जानकारी दिनुभयो ।

अद्यावधिकका लागि सम्बन्धित वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने, प्रकाशित गरिएको नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको झुठो विवरणको विरोधमा उजुरी दिन साथै दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदान स्थलमा नाम सार्न वा सच्याउनका लागि सम्बन्धित गाउँपालिका वडा कार्यालय मार्फत निवेदन दिन सक्ने बताएको छ ।

जिल्ला निर्वाचन व्यवस्थापन तथा अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनि गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगर उपप्रमुख बिमल कुमार पुन, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, समन्वय उपप्रमुख देब बहादुर बिक, प्रमुख सेनानी प्रमोद कुमार शर्मा, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द बहादुर केसी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकृत कुमारी रिमा मल्लले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |