खलङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा केसी
64x64
२०७९ चैत्र २१ मंगलबार प्रेसपालिका संवाददाता
1199 Views

रुकुम पश्चिम २१, चैत ।
रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थि युनियन (स्ववियु ) सभापतिमा अखिल (क्रान्तिकारी ) का रमेश केसी निर्विरोध चयन भएका छन् । सोमबार एक सूचना जारी गर्दै स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत डम्बर बहादुर खड्काले स्ववियुको कार्यसमिति चयन निर्विरोध भएको जानकारी दिनुभयको हो  ।

जस अनुसार सचिवमा अनेरास्ववियुका दिनेश ओली, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका दुर्गाप्रसाद बिक निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा नेपाल विद्यार्थी संघका उष्माणी पुन मगर र अखिल क्रान्तिकारीका बिमल बुढाथोकी, बिष्णु ओली र यमराज डाँगी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत  खड्काले जानकारी दिनुभयो ।

त्यस्तै समानुपातिक सूचिबाट सदस्य पदमा निर्वाचित नेपाल विद्यार्थी संघका करिष्मा केसी उपाध्यक्ष र अखिल (क्रान्तिकारी) का नरेन्द्र खड्कालाई सहसचिव पदमा सर्वसम्मत गरिएको छ ।

समानुपातिक तर्फबाट सदस्य पदमा नेपाल विद्यार्थी संघका चन्द्रमा ओली र अखिल (क्रान्तिकारी) का लोकेन्द्र बि.क. निर्वाचित हुनुभएको छ ।

यस अघि चैत ३ गते निर्वाचनको मिति तय गरिएको क्याम्पसमा नेविसंघ बाट अध्यक्ष पदका उम्मेदवार करिष्मा केसीको मनोनयन रद्ध गरिएपछि अदालतमा मुद्धा परेको थियो । मुद्दा परेसंगै रोकिएको निर्वाचन प्रक्रिया सोमवार तीन बिद्यार्थी संगठनले सहमतिमा स्ववियु कार्यसमिति चयन गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News