पौडेलको निधन प्रति दुख व्यक्त गर्दै शोकसभा सम्पन्न
64x64
२०७९ माघ ०२ सोमबार प्रेसपालिका संवाददाता
382 Views

रुकुम पश्चिम २, माघ ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले आज मुसिकोटमा शोकसभा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विमान दुर्घटनामा परि महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन प्रति दुख व्यक्त गर्दै शोकसभा सम्पन्न गरेको हो ।

खलंगा स्थित महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि मृतक पौडेलको फोटोमा अविर आवरण सहित एक मिनेट मौन धारण गरिएको छ ।

पौडेलको निधनले नेपाली पत्रकारिताको क्षेत्र संगै सम्पूर्ण संचार जगतमा अपूरणीय क्षति पुगेको उहाँको को निधनले मर्माहत बनाएको पत्रकार महासंघ रुकुम पश्चिम शाखाका सचिव हिरा परियारले बताउनुभएको छ ।

उहाँका अनुसार १३ दिन सम्म महासंघले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र महासंघको कार्यालय बन्द गरिने भएको छ । त्यस्तै महासंघले एक प्रेस विज्ञप्ति मार्फत मृतक पौडेल सहित विमान दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णमा श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

शोकसभा कार्यक्रममा जिल्ला स्थित पत्रकार, सञ्चारकर्मी, नागरिक सामाज लगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका सचिव परियारले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News