शैक्षिक अवस्था सुधार सम्बन्धी क्षेत्र निर्धारण गर्यो चौरजहारीले
64x64
२०८० बैसाख १७ आइतबार प्रेसपालिका संवाददाता
646 Views

रुकुम पश्चिम १७, बैशाख ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शैक्षिक उपलब्धि सुधार सम्बन्धी आठवटा क्षेत्र निर्धारण गरेको छ । शनिबार नगरपालिकाले आयोजना गरेको कार्ययोजना कार्यशाला मार्फत नगरपालिकाको शैक्षिक अवस्था सुधारका लागि आठवटा क्षेत्र निर्धारण गरेको हो ।

नगरप्रवक्ता खुम बहादुर खड्काका अनुसार शैक्षिक सुधारका आठवटा क्षेत्रबाट ५२ वटा क्रियाकलापहरू तोकिएको छ । जसअन्तर्गत पाठ्यक्रम कार्यान्वयन, शिक्षक पेसागत दक्षता विकास, कक्षा व्यवस्थापन, अभिभावक सहभागिता, निरीक्षण अनुगमन तथा सुपरीवेक्षण, व्यवस्थापन, नीतिगत व्यवस्था र शैक्षिक गुणस्तर परीक्षणका क्षेत्रमा कार्यक्रम तय गरिएको छ ।

त्यस्तै प्रवक्ता खड्काले पाठ्यक्रम कार्यान्वनयका लागि २२ वटा, शिक्षक पेसागत दक्षता विकासका लागि ६ वटा, कक्षा व्यवस्थापनका लागि ५ वटा र अभिभावक सहभागिताका लागि ३ वटा क्रियाकलाप निर्धारण गरिएको छ । निरीक्षण अनुगमन र सुपरीवेक्षणका लागि ४ वटा, व्यवस्थापनका लागि ३ वटा, नीतिगत व्यवस्थाका लागि ६ वटा र शैक्षिक गुणस्तर परीक्षणका लागि ३ वटा क्रियाकलाप समेत निर्धारण गरिएको जनाइएको छ ।

सिकाइ सक्षमता, सिकाइ सहजीकरण, सिकाइ उपलब्धीको लक्ष्य किटान, सिकाइ उपलब्धी अभिवृद्धि योजना, सिकाइका लागि थप सहायता कक्षा, व्यवसायिक तथा सामाजिक कार्यमा विद्यार्थी सहभागिता लगायतका क्रियाकलाप पनि निर्धारण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News